समाचार स्वास्थ्य

बाँके र बर्दियाको सिमाना मानखोला मा हेल्प डेस्कको स्थापना

हरि अधिकारी
११ बैशाख, खजुरा
– इलाका प्रहरी कार्यालय धनौली खजुराले बर्दियाको सिमानामा हेल्प डेस्कस्थापना गरि आफ्नो गाउ पालिका सुरक्षित र रोगबाट भय मुक्त बनाउन हेल्प डेस्कको व्यवस्था गरेको इलाका प्रहरी इन्चार्ज पोषण राज थपलियाले बताएका छन ।

बाँके र बर्दिया को सिमाना खजुर गाउँपालिका वडा न. ७ मानखोला स्थित हेल्प डेस्कको स्थापना गरिएको हो । उनको अनुसार गाउँ पालिकाले हेल्प डेस्कमा थेर्मल गन उप्लबध गराएको र स्वास्थयकर्मी समेत खटाएको बताएका छन । खजुरा गाउपालिका भित्र रोग फैलिन नदिन ं खजुरा गाउँ पालिकाको सहयोगमा आफुहरुले जनताको सुरक्षाको लागि रातदिन खटि रहेको प्रहरी इन्चार्ज थपलियाले बताएका छन ।

हाल सम्म गाउँ पालिकामा ८९ जना कवरेनटाइनमा राखिएका थिए जसमा मध्य १३ जना बाकी रहेका छन र गाउँ पालिकाको जानकारी अनुसार तिनी हरुलाई पनि घर पठाउने तैयारी भइ रहेको छ ।
बिश्वमा फैलिएको रोग कोरोना( covid 19 ) ले गाउँ देखि सहर सम्म फैलिदै गएको कारण नेपालमा पनि रोग फैलिएको छ । नेपाल सरकारको तिनै तहको सरकारले रोग संग लडनको लागि जनता लाई साहस र हिम्मत प्रदान गर्दै आएको छ भने सुरक्षा निकाय र स्वास्थकर्मी हरु आफ्नो ज्ययानको बाजी लगाएर अगाडि बढी रहेका छन ।
चिनको भुहानबाट फैलिएको कोरोना रोग बाट हाल दुई लाखको हाराहारीमा बिश्व भरी मृत्यु संख्या पुगिसकेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *