समाचार

बाँकेको कोहलपुरमा सेना परिचालन गर्ने बारे छलफल

१२ बैशाख, खजुरा । बाँकेको कोहलपुरमा सेना परिचालन गर्ने बारे छलफल गरिएको छ ।

बुधवार कोहलपुर नगरपालिकामा भएको कोरोना भाईरस संक्रमण रोकथाम तथा उपचार कोष सञ्चालन समितिको बैठकमा सेना परिचालन गर्ने बारे छलफल भएको हो । लकडाउन उलङ्घन गर्ने क्रम बढ्दै गएकाले कोहलपुरमा सेना परिचालन गर्नुपर्ने माग उठेपछि जिल्ला प्रशासन कार्यालय बाँकेसँग आवश्यक परामर्श गर्ने निर्णय भएको बैठकमा सहभागी कोहलपुर नगरपालिकाका योजना शाखा प्रमुख अग्नी आचार्यले जानकारी दिए ।

यसैबिच कोहलपुर नगर क्षेत्रभित्र लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । साथै कोरोना संक्रमणको जोखिम कम गर्न कोहलपुर चौराहमा भएको हेल्प हेल्थ डेक्सलाई कोहलपुर १२ को रोहिणी खोला स्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाको व्यारेक भएको स्थानमा स्थानान्तरण गरीने भएको छ ।

कोहलपुर चौराहमा हेल्थ हेल्प डेस्क राख्दा कोहलपुर क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले हेल्थ हेल्प डेस्क उक्त स्थानमा सार्ने र बाहिरबाट आउने सावरी साधनलाई कोहलपुर क्षेत्रमा नरोकी सिधै गन्तब्यमा पठाउने निर्णय भएको आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *