समाचार

बर्दियामा कोरोना परीक्षण गर्ने कीट अभाव हुँदै

१० बैशाख, नेपालगन्ज( थाहा खबर) । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको बर्दिया जिल्लामा कोरोना परिक्षण गर्ने (भिटिएम) पिसिआर किटको अभाव हुन थालेको छ। जिल्लामा हाल कोरोना भाइरस परिक्षण गर्ने (भिटिएम) पिसिआर किट तीनवटा मात्रै बाँकी रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीले जानकारी दिए। 

अहिले (भिटिएम) कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको त छैन, तर संकास्पद बिरामी आएमा कोरोना परिक्षण गर्नका लागि कीट अभाव हुने उनले बताए। यसअघि २५ जनाको (भिटिएम) कीट प्रयोगबाट कोरोना परिक्षण गरिएको थियो। जसमध्ये २३ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी छ।

छिमेकी मुलुक भारतबाट आएका र बैदेशिक रोजगारमा गएका अथवा विभिन्न जिल्लाबाट आएकाहरुमा केही लक्षण देखिएमा वा कोरोना आशंका भएमा कोरोना परिक्षण गर्ने भरपर्दो विधि (भिटिएम) पिसिआर कीट तीनवटा मात्रै स्टकमा हुँदा परिक्षणमा समस्या हुने देखिएको हो। 

‘पर्याप्त कीट नहुँदा परिक्षणमा समस्या देखिन सक्छ, संघीय सरकार र प्रदेश सरकारसँग पत्राचार गरिरहेका छौं, उपलव्ध हुने आश्वासन पाइएको पनि छ, तर अहिले भने निकै कम छ, तत्काल उपलब्ध हुन नभए समस्या पर्ने देखिएको छ,’ स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीले भने, ‘तत्कालका लागि संघीय सरकारसँग एक सय थान (भिटिएम) पिसिआर कीट माग गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *