समाचार

नरैनापुर गाउँपालिकाको कोरोना विपत् ब्यवस्थापन कोषमा सहयोग रकम जुट्ने क्रम सुरु

१० बैशाख, नेपालगन्ज । नरैनापुर गाउँपालिकाको कोरोना विपत् ब्यवस्थापन कोषमा सहयोग रकम जुट्ने क्रम सुरु भएको छ ।

कोरोना विरुद्धको अभियानमा रकम खर्च गर्ने गरी गाउँपालिकाले १५ लाखको कोष सुरु गरेको थियो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ सहयोग गरेर कोषको शुभारम्भ गर्नुभएको थियो ।

कोरोना विरुद्धको अभियानसंगै गाउँपालिकाबासीलाई राहत उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले विपत् व्यवस्थापन कोष खडा गरिएको अध्यक्ष शाहले बताउनुभयो । यसै क्रममा दलित सेवा संघ बाँकेले गाउँपालिकालाई राहत रकम सहयोग गरेको छ ।

संघका अध्यक्ष कृष्ण बहादुर विके र सदस्य तोजिन्द्र बहादुर विकेले संयुक्तरुपमा गाउँपालिका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । त्यस्तै  स्याक नेपालले पनि १० हजार सहयोग गरेको छ । राहत कोषमा समाज सुधार कार्यक्रम नेपाल कोहलपुर ११ ले पनि कोषमा ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

युवा दृष्टि नेपाल बाँकेले पनि गाउँपालिकाको कोषमा ५ हजार रुपैयाँ सहयोग गरेको छ । यसअघि कोषमा ६० हजार रुपैयाँ सहयोग प्राप्त भएको लेखापाल प्रकाश अधिकारीले जानकारी दिनुभयो । अहिलेसम्म कोषमा जम्मा ९० हजार रुपैयाँ सहयोग प्राप्त भएको अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *