समाचार समृद्धि स्वास्थ्य

एन.एम.बि. वैंक नेपालगन्ज शाखाद्वारा नेपालगन्ज उपमहानगरपालिका लाई राहत सहयोग

९ बैशाख, बाँके । एन.एम.बि. वैंक नेपालगन्ज शाखाले नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई राहत उपलब्धगराएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्युनिकरणकालागि सरकारले लागु गरेको लकडाउनले समस्यामा परेका बिपन्न परिवारको मद्धत्तकालागि १ लाख मुल्य बराबरको दैनि उपभोग्य सामग्री उपलब्ध गराईएको पाण्डेले बताए ।

बैकले ज्यालादारी गरि खाने अतिबिपन्न घरपरिवारलाई दमासाही रूपमा चामल, दाल, तेल र नुन गरि राहत स्वरुप खाद्यान्न सामग्री वितरण गर्नकालागि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा र उपमेयर उमा थापालाई संयुक्त रुपमा राहत उपलब्ध गराएको हो ।विपन्न परिवारलाई राहत उपलब्ध गराउने हेतुले उपमहानगरलाई खाद्यान्न उपलब्ध गराईएको एन.एम.बि. वैंक नेपालगन्ज शाखाका प्रमुख नविन राज पाण्डेले जानकारी दिए ।
बैंकले उपलब्ध गराएको राहात बुझ्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले विपदको समयमा एनएमबि बैंक नेपालगन्जले राहात स्वरूप खाद्यान्न सामग्री उपलब्ध गराएर ठुलो सहयोग गरेको भन्दै बैंक र बैंकका कर्मचारीहरुलाई धन्यवाद ब्यक्त गरेका छन ।

एन।एम।बि। बैंक केन्द्रिय कार्यालयलले यसअघि प्रधानमन्त्री राहत कोषमा १ करोड ५१ लाख नगद जम्मा गरीसकेको छ भने ७ वटै प्रदेशमा १ सयका दरले ७०० थान पिपिई समेत हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *