समाचार

बाँकेमा आज देखि पिसिआर विधिबाट जाँच शुरु

७ बैशाख, नेपालगञ्ज। बाँकेमा आज देखी कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पत्ता लगाउन पिसिआर विधिबाट जाँच शुरु हुने भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा पिसिआर मेसिन जडान गरेर परिक्षणका लागि ल्याब तयार गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो । योसंगै अब बाँके र बर्दियाबाट संकलन गरिएका स्वाब परिक्षण गर्न सहज हुनेछ । लगातारको प्रयासपछि आज साँझ मेसिन जडान गरेर सञ्चालनमा ल्याइएको डा.थापाले बताउनुभयो । एक दिनमा एक सय जनासम्मको नमुना परिक्षण गर्न सकिने अस्पतालले जनाएको हो । ल्याब नहुँदा बाँकेबाट स्वाब परिक्षण गर्न काठमाण्डौ र भैरहवा पठाउनुपर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *