समाचार स्वास्थ्य

बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ, उनी अब घर फर्किने

६ बैशाख, नेपालगन्ज । नेपालको कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि जानकारी दिए ।चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *