समाचार

कोहलपुर नगरपालिका वडा नं. ३ द्वारा हालसम्म २ सय घरपरिवारलाई राहत उपलब्ध

५ बैशाख, नेपालगन्ज ।कोहलपुर नगरपालिका वडा नं. ३ ले हालसम्म २ सय घरपरिवारलाई राहत उपलब्ध गराएको छ । कोरोना भाईरसका कारण लागु गरिएको लकडाउनको अवधिमा समस्याग्रस्त अवस्थामा रहेका २०० घर परिवालाई राहत वितरण गरीएको वडाध्यक्ष माधव रिजालले जानकारी दिए ।

रिजालका अनुसार २०० घर परिवार बाहेक अन्य १५० घरभुरीलाई समेत बिभिन्न संघसंस्थाको सहयोगमा राहत उपलब्ध गराईएको छ । शुक्रबार सामाजिक संजाल फेसबुकबाट राहत वितरणको विवरण सार्वजनिक गर्दै रिजालले यस्तो जनाएका हुन । उनले वडामा भएका राहत वितरणका सम्पूर्ण गतिविधिहरु आगामी दिनमा सार्वजनिक गरीने समेत बताएका छन ।

कोरोनाका कारण सृजित विषम परिस्थितिमा बिपन्न नागरिकलाई सहयोग पुग्ने खालका राहत कार्यक्रमहरु संचालन गर्नु वडा र वडावासीको दायीत्व भएको उल्लेख गर्दै वडाध्यक्ष रिजालले सबैलाई एकजुट भएर कोरोना बिरुद्धको अभियानमा सहयोग गर्न आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *