समाचार

कोहलपुर नगरपालिकाले गर्यो अलपत्र परेका पैदल यात्रुहरुको उद्दार

५ बैशाख, नेपालगन्ज । कोहलपुर नगरपालिकाले अलपत्र परेका पैदल यात्रुहरुको उद्दार गरेको छ।

कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीको पहलमा बाहिरी जिल्लाबाट बर्दियाको राजापुर जान लागेका ६० जना यात्रुहरुलाई उद्दार गरिएको हो।

बिहिबार राती ११ बजे काठमाडौं, नुवाकोट लगायतका जिल्लाबाट लकडाउनमै हिंडेर कोहलपुर चौराहमा आइपुगेका उनीहरु सबैलाई खाजा र पानी ब्यबस्था गरि कोहलपुर नगरपालिकाको गाडी र टयाक्टरमा राखेर बाँकेको सिमाना मानखोला सम्म पुर्याइएको उप-प्रमुख चौधरीले बताउनुभयो।उपप्रमुखको नेतृत्वमा उद्दार टोलीमा लाइन्स क्लवका चिन्तामणि धिताल, ब्यापारी लक्ष्मणराज पौडेल, तरुणदल नेता लुट बहादुर के.सी. तथा डा. गोविन्द प्रसाद थारु हुनुहुन्थ्यो ।

यति दिन लगाएर यहाँ सम्म आइपुगेपछि उहाँहरुलाई गन्तव्य सम्म पुर्याउनु उचित लागेर राजापुर नगरपालिका सग समन्वय गरि मानखोला सम्म पठाइएको चौधरीले बताउनुभयो।

मानखोलाबाट उहाँहरुलाई राजापुर नगरपालिकाको गाडीले उद्दार गरेको उप-प्रमुख चौधरीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *