४ बैशाख, नेपालगञ्ज ।नेपालगञ्जमा क्रियाशिलमध्ये समस्यामा रहेका २० जना पत्रकारलाई आज राहत प्रदान गरिएको छ ।

नेपालगञ्जमा रहेका पत्रकारिता गर्दै आएका र लकडाउनले समस्यामा परेका २० जना पत्रकारलाई राहत स्वारुप खाद्यान्न प्रदान गरिएको हो ।
दिनरात जनतालाई ज्यानको बाजी लगाएर सूचनाको हक प्रत्याभूत गराउन रिर्पोटिगंमा खटिरहेका पत्रकारलाई लकडाउनले जीवनयापान गर्न गाह्रो भएको हुँदा राहत स्वारुप खाद्यान्न बितरण गर्न लागेको गोल्डेन एज अनलाइन प्रा.लिका प्रमुख जय सिंह केसीले जानकारी दिनुभयो ।
अहिले लकडाउनले सर्वसाधारणसंगै पत्रकारहरुलाई पनि जीवनयापन गर्न समस्या भइरहेपनि सरकारले कुनै राहत ल्याउन नसक्दा राज्यको चौथो अंग पत्रकारलाई सानो सहयोग गर्न लागेको प्रमु्ख केसीको भनाई छ । सहयोग पाउने पत्रकाहरु थारु, मधेशी र पहाडी समुदायका रहका जनाइएको छ ।
केसीले यसअघि कोहलपुरमा क्रियाशिल १० जना पत्रकार, कोहलपुर वडा नं–८ का नागरिकलाई राहत स्वारुप खाद्यन्न, तथा दशगजामा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा बितरण लगायत अन्यलाई सहयोग गरिसक्नुभएको छ ।