समाचार

बिहिवार सम्म बाँकेमा रहेका ४९० को कोरोना रिपोर्ट ‘नेगेटिभ’ 

बैशाख, नेपालगन्ज । बिहिबारसम्म बाँकेका ४ सय ९० जनाको कोराना परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । PCR र RDT पद्धतीबाट गरीएको परिक्षणमा बिहिबार दिउँसो ४ बजेसम्म ४ सय ९० जनाको रिपोर्ट नेगेटिभ देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म PCR पद्धतीबाट ९१ जनाको स्याम्पल परिक्षण गरीएकोमा ७६ को रिपोर्ट नेगेटिभ आएको छ भने अन्य १५ जनाको रिपोर्ट आउन बाँकी छ । त्यसैगरी RDT पद्धतीबाट ३९९ जनाको ल्याव परिक्षण गरीएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । ‘नेगेटिभ’ नतिजा आएका सबैलाई घर पठाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । घर गएकाहरु सुरक्षित रुपमा अझै एक हप्ता सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिहिबार मात्रै दशगजामा रहेका १ सय ८१ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ देखिएको थियो । बिगत १५ दिनदेखी बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित नेपाल-भारत सिमानाको दशगजा क्षेत्रमा बस्दै आएका उनिहरुको रिपोर्ट नेगेटिभ देखिएको हो । ११ जनाको यस अघि नै पिसिआर बिधिद्वारा ‘स्वाब’ परिक्षण गरिएको थियो, ती सबैको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको थियो ।

भारतका विभिन्न ठाउँबाट रोजगारी गरि फर्किएका उनिहरुलाई गाडीको प्रबन्ध गरि आ-आफ्नो गृह जिल्ला तर्फ पठाउने तैयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *