समाचार

डिडिसीले दुध खरिद गर्न नमानेपछि एक किसानले दुध पोखेर बिरोध जनाएका

३ बैशाख, नेपालगन्ज । किसानले उत्पादन गरेको दुध डिडिसीले खरिद गर्न नमानेपछि एक किसानले दुध पोखेर बिरोध जनाएका छन । कोहलपुर नगरपालिका ८ मा प्रकृति गाईपालन केन्द्र संचालन गर्दै आएका विष्णु पोखरेलले डिडिसीको गेट अगाडी ४० लिटर दुध पोखेर बिरोध जनाएका हुन ।

मंगलबार बेलुका दूध लिएर पिपिरीस्थीत डिडिसी संस्थान पुगेका पोखरेललाई त्यहाँका सुरक्षाकर्मीले गेटबाटै फर्काईदिएका थिए । उनले ल्याएको दुध नकिन्ने भन्दै गेट बन्द गरीदिएपछि पोखरेलले गेट बाहिरै दुध पोखेर बिरोध जनाएका हुन ।

पोखरेलले भने, ‘म ६ बजे नै दूध लिएर गएको थिएँ । आज कर्मचारी छैनन् । दूध खरिद गर्न मिल्दैन भनेर गेटभित्र पस्न दिएनन् । नियमित दिइरहेको ठाउँमा एक्कासी दूध बेच्न नपाएपछि विरोधमा दूध पोखेको हुँ ।’

डिडिसीको नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख योगेन्द्र साहले दूध खरिद नगरेको र ढोकामै दूध फालेको स्वीकार गरेका छन । डिडिसीले बाँके, बर्दिया, दाङ र सुर्खेतमा दैनिक १२ हजार लिटर दूध संकलन गर्छ । लकडाउनपछि भने ६ हजार लिटर मात्र संकलन गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *