विश्व समाचार

कोरोना भाइरस संक्रमणलाई प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने

२ बैशाख, काठमाडौं। कोरोना भाइरस संक्रमणलाई प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने विश्व स्वास्थ्य संगठन बताएको छ।

जबसम्म भ्याक्सिन बन्दैन तबसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओले जनाएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’ सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो ।

चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ । तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन भन्ने बारे अनलाइनखबरले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *