समाचार

कोरोनाको यो उपचार प्रभावकारी देखियो

नेपाली जडिबुटी गुर्जो को लहरा को झलक

कोभीड आफ्नोे १९ भाइरसको सन्क्रमणको कारण घरमा बस्नु भएका वा अस्पतालमा भर्ना हुनुभएका सम्पुर्णलाई नेपालको जडिबुटी र घरेलु उपचारको केही कमी नहोस् भन्न मन लायो किनकी यसको खास औषधी पत्ता लगाइनसकेको अवस्थामा केही सन्क्रमीतहरुको अनुभवको अधारमा पनि रुघा खोकीको घरेलू उपचारलाई निरन्तरता दिन हार्दिक अनुरोध गर्दछु । अस्पतालमा भर्ना भएका बिरामीलाई ज्वरो छ भन्दैमा आइ. भी. मार्फत तरल पदार्थ दिनु भन्दा ओरल मुखद्वारा दिने र तातो दिने ब्यबस्था गरिएको छ भन्ने विस्वास छ । नियमित पोषिलो खाना र फलफुलको साथै हरेक ३ घण्टामा एक गिलास तातो पेय पदार्थ जस्तो तातो पानीमा ताजा कागतीको रस राखेर, तुल्शि मरिच ल्वाङ्ग अदुवा (तुमल्वाअ) पकाएको, दालको रस्, जीरा ज्वानो, बेसार्,टिमुर्, लसुन जिम्मु, (जिज्वाबेटिलजि) पकाएको, गुर्जो पकाएको र नेपाल सरकारले सिफारिस गरेका जडिबुटी र मरिच राखेर चिया पालैपालो) दिने र लिने ब्यवस्था घरमा र अस्पतालमा गरिरहनु भएकै छ भन्ने विस्वास लागेको छ । यदी कतै यस्तो ब्यवस्था नगरी उपचारमा मात्र सीमित गर्नु भएको भए कृपया सबै देश भरी यसरी उपचारको ब्यब्स्था गरिदिनु हुन सम्पुर्ण अस्पताल्, स्वास्थ्य सस्था र क्वारेन्टाइनका ब्यबस्थापकज्युहरुलाई हार्दिक अनुरोध गर्दछु । सिटामलको साथै तातो घरेलू पेय पदार्थ अति नै प्रभावकारी भएको कुरा भुक्तभोगीहरुबाट अlईरहेकोले यसमा जोड दिनुहुन बिनम्र अनुरोध गर्दछु । यो घाटीमा रहेको समयमा तातो पेय लिएपछि शुद्द बेसार र अदुवा मुखमा राखी बिस्तारै निलेमा पनि सहयोग हुन सक्छ। यो भाईरस ४ दिन सम्म घाटीमा रहने र उपचार नपाए फोक्सो तिर जाने अनि सास फेर्न गार्हो हुने भनिएकोछ। यस भाईरसको बाहिरी भाग बोसोले बनेको हुनाले तातोले यसलाई निश्क्रिय बनाउने रहेछ। घाटीमा हुदै तातो पिउने र तातो नून पानीले गारगल गरी निश्क्रिय बनाई गम्भिर बिरामी हुनबाट बचाउन सकिन्छ। न्यानो बस्नाले यसलाई कमजोर बनाउन सकिने अनि आराम गर्नुले र सकारात्मक हुनाले पनि रोगसॅग लड्ने शक्ति बढ्ने भनिएकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *