समाचार

फेरि थपियो लक डाउन को अवधी बैशाख १५ गते सम्म

२ बैशाख, नेपालगन्ज । सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्‍ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्‍ने निर्णय लिएको हो। 

यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका बन्द नै राख्‍ने निर्णय गरेको छ। सरकारले यसअघि नै बैशाख १८ सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ।

बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो। नेपालमा मन्त्रिपरिषद् बस्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मा २१ सम्मका लागि लकडाउन लम्ब्याइसकेका छन्। मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन लम्ब्याइएको एक मन्त्रीले जानकारी दिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *