समाचार

रौतहटका १९ वर्षीय एक युवकमा कोरोना भाइरसको संक्रमण

१ बैशाख, बाँके । रौतहटका १९ वर्षीय एक युवकमा कोरोना भाइरसको संक्रमण भएको छ । १९ वर्षीय एक युवकलाई कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।

रौतहटका युवकसहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । कैलालीको धनगढीमा ५, पर्साको वीरगञ्जमा ३, बागलुङमा २ र काठमाडौंमा दुईजनाको उपचार भइरहेको छ । रौतहटका युवकको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का एकजना भने उपचारपछि घर फर्किएका छन् ।

काठमाडौंका दुईजना भने अबको एक दुईदिन भित्रै डिस्चार्ज हुने अस्पतालले जनाएको छ । बागलुङ काठेखोलाकी एक महिलाको रिपोर्ट भने अझै आइसकेको छैन । स्थानीयस्तरमा परीक्षणका क्रममा उनलाई संक्रमण भएको पाइएको थियो ।

संक्रमित युवक १६ दिनअघि दिल्लीबाट आएको खुलासा:

कोरोना संक्रमण पुष्टि भएका रौतहटका १९ वर्षीय युवक भारतबाट आएको खुलेको छ ।

ईशनाथ नगरपालिका–५ मोतिपुरका ती युवक १६ दिनअघि भारतको दिल्लीबाट आएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । ती युवक १६ दिनदेखि ईशनाथको औरैयामा रहेको क्वारेनटाइनमा बस्दै आएका थिए ।

ती युवकको घरमा बुबा, आमा, श्रीमती, दुई भाइ र एक बहिनी छन् । उनकी श्रीमती माइतीमै रहेको प्रशासनले बताएको छ ।नागरिक खबरबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *