समाचार स्वास्थ्य

पिसिआर परिक्षणका लागि “थ्रोट स्वाब” को नमुना संकलन गरिएका सबै ७६ जनाको रिपोर्ट नेगेटिभ

१ बैशाख, नेपालगन्ज(एजेन्सी ) । बाँकेमा पिसिआर परिक्षणका लागि “थ्रोट स्वाब” को नमुना संकलन गरिएका सबै ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका १ सय ३९ जनाको र्यापिड डायग्नोष्टिक टेस्ट(आरडिटी) किटबाट कोरोना जाँच गर्दा सबैमा नेगेटिभ देखिएको छ।

कोरोना फोकल पर्सन नरेश श्रेष्ठले क्वारेन्टाइनमा १४ दिन बसेकालाई रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएको बताउनुभयो । बाँकेमा अहिले क्वारेन्टाइनमा ३ सय ५७ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *