समाचार समृद्धि सामाजिक स्वास्थ्य

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सहयोगी दाताहरुको लागि राष्ट्रिय गानले सम्मान गर्न अपील

३० चैत्र, बाँके। माता बागेश्वरी सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेसिले आज बेलुका राष्ट्रिय गान र दुइ मिनेट घण्टी बजाउन सबैलाई अपिल गरेका छन् ।

बिश्वब्यापी रुपमा महामारिको रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ को डर उत्पन्न गरिरहेको छ । भनिन्छ नि मान्छेको मनमा डर उत्पन्न भएपछी अनेक उपाय आउछ डरबाट जोगिन । अहिले यो कोरोनाको त्रासले कहिले जमिन खन्ने कहिले कालोटिका लगाउने कहिले शान्ती र स्वास्थको कामना गर्ने भनेर पुजाआजा गर्दै अनेक तरिका अपनाइदै आएको छ । यसै गरि अहिलेको अवस्थामा सबैलाई अरुको भन्दा आफ्नो मात्र चिन्ता भएको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुरेसिले बताएका छन् ।

उनले सस्थाको चैत्र २७ गते बसेको बैठकको निर्णय अनुसार आफ्ना सम्पुर्ण ७ हजार ५ सय शेयर सदस्य ,साधारण सदस्य, कर्मचारी , र उपभोक्ता लगायत आम नगरबासिलाई कोरोना उपचारार्थमा खटिएका सुरक्षाकर्मी, स्वास्थकर्मि सन्चारकर्मिको सम्मान र आम नेपालीहरुको स्वास्थ लाभको कामना गर्दै आज बेलुका ७ बजे सामाजिक दुरि कायम गरि आ-आफ्नो घरको झ्याल ढोकाबाट राष्ट्रिय गान गाई २ मिनट सबैलाई ताली बजाउन अपिल गरेका छन्।उनले यस महामारी बाट बच्नको लागी आफ्ना सम्पुर्ण शेयर सदस्य, साधारण सदस्य कर्मचारि उपभोक्ता लगायत सम्पुर्ण नेपालीहरुलाई सरकारले लगाएको नियम पालना गरेर घर मै बस्न अनुरोध समेत गरेका छन् ।र कुरेसिले कोरोनाको डरसङ्गै बिदाई गर्न लागिएको २०७६ सालको अन्त्य सङ्गै किरोनाको पनि अन्त्य भइ नयाँ बर्ष २०७७ सालले सम्पुर्ण आम नेपाली नागरिकमा सुखशान्ती छाउने जिकिर समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *