विचार शिक्षा समाचार समृद्धि स्वास्थ्य

अहिले कृषकलाई कोरोना भन्दा खाना लागि बाली भित्र्याउने चिन्ता

अजय पाठक
३० चैत्र, बाँके ।
लकडाउनले यतिबेला अन्य क्षेत्रमा प्रभाव पारे पनि नेपालको ग्रामीण क्षेत्रहरुका किसान भने बाली भित्र्याउने कार्यमा व्यस्त छन् । पाकेर तयार भइसकेको गहुँ लगायत हिउँदे बालीहरु भित्राउन किसानलाई चटारो परेको छ ।

बाँके लगायत अन्य ग्रामीण क्षेत्रका किसानहरु लकडाउनको समयलाई सदुपयोग गर्दै बाली भित्र्याउने कार्यमा भ्याइनभ्याइ भएका छन् । हिउँदे बाली समयमै भित्र्याउन नसके नष्ट हुने डरले किसानहरु लकडाउनको बेला पनि घरबाट निस्किएर खेतबारीमा काम गर्न बाध्य छन् ।

लकडाउनको कडाई सहरको तुलनामा गाउँघरमा त्यति छैन, तर पनि कोरोनाको त्रासले यो वर्ष खेताला पाउन निकै मुस्किल रहेको किसानहरुको भनाई छ । हरेक वर्षको तुलनामा यो वर्ष कम्बाइन हार्भेस्टर, गहुँ झार्ने थ्रेसर पनि पाउन निकै कठिनाइ परेको डुडुवा गाउँ पालिका २का स्थानीय (कृष्क) पैरु केवटले बताउन्छन । यो सिजनमा कम्बाइन हार्भेस्टर, गहुँ झार्ने थ्रेसर समेतलाई गाह्रो भएको कम्बाइन हार्भेस्टर चालक लल्लन गोडियाले बताउनुभयो ।

हिउँदमा भएको वर्षाका कारण पहिले नै हिउँदे बालीमा ठूलो क्षति पुगेको छ । जसका कारण मसुरो, केराउ, चना, तोरी सोचेजस्तो उत्पादन हुन सकेको छैन । अहिले पनि मौसमको कुनै भर छैन । दिनदिनै मौसममा बद्ली भइ रहेको छ । यदि यो बेला मौसम खराब भैदिने हो भने बाँकी रहेको गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा र गहुँ पनि नहुने सो गाउँपालिकाका राजेश पाठकले बताउनुभयो।

हिउँदमा भएको वर्षाका कारण पहिले नै हिउँदे बालीमा ठूलो क्षति भएको हो । केही दिन अगाडि अशिनापानी वर्षाका कारण चना, मसुरो, तोरि आदि बाली खेतमै झरेको थियो । मसुरो, केराउ र तेलहन बाली जसोतसो काटेर भित्र्याइयो । गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा पुगेको कारण हातैले काट्न सुरु गरेको डुडुवा गाउँ पालिका २ का र स्थाइ रेता खेत(राप्ती नदि नजिक) स्थित बालीको सिजनमा बस्दै आएका गोम्ती सोनकरले बताउनु भयो । ‘कम्बाइन हार्भेस्टर मेसिन सिधैं मूल बाटो भएर आफ्नो गाउँसम्म पुग्न सक्दैन, बाटो साँघुरो छ र लकडाउनका कारण मेसिन चकाउन तेल समेत पाउन गार्‍हो भएको उनले बताउनु भयो । यदि पर्खेर बस्ने हो भने अझैं दुई साता जति लाग्छ होला, तबसम्म गहुँ खेतमै झर्ने अवस्थामा पुग्छ’ कृषक हरुमा डर उत्पन्न भएको छ । प्रत्येक वर्ष चैत्र मसान्तसम्म गहुँ काटेर भित्र्याई सकिन्थ्यो ।

सरकारले पटक पटक लकडाउनको समयावधि थपेर बैशाख ३ सम्म पुर्याएको छ । तर अहिले पनि लकडाउन अनिश्चित रहेको छ । गहुँ काटि सकेका धेरैजसो किसान अहिले गहुँबाली लगायत हिउँदे बाली खेतमै थन्क्याउन समेत बाध्य रहेको छन । लकडाउनका कारण थ्रेसर खेतमा पुग्ने अवस्था छैन र कृषकको मनमा चिन्ता सताउन थालेको छ ।

नेपालमा खेतीयोग्य जमिनको ७० प्रतिशत जमिनमा गहुँ बाली लगाइन्छन । गतवर्षहरुको तुलनामा यो वर्षको गहुँ उत्पादन राम्रो भएको छ ।

तर गहुँ बालीको लागत, सिँचाई र मलखाद, मिहेनत, खेतलाको अवस्था हेर्दा गहुँको मूल्य न्युनतम ३२ रुपैयाँ तोक्नु पर्ने किसानको भनाइ छ । न्यूनतम मूल्य ३२ रुपैयाँ तोक्दा पनि केवल ३५ प्रतिशत किसानहरु मात्रै फाइदामा हुन्छन् भने ६५ प्रतिशत किसानहरु घाटा व्योहोर्ने देखिन्छ । यदि गहुँको मूल्य ३५ रुपैयाँ तोकियो भने सतप्रतिशत किसानहरुलाई फाइदा हुनेछ, ऊनीहरु बताउँछन ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बचाउनको लागि तीन गते सम्म लम्बियाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *