२९ चनेपालगञ्ज। बाँकेमा लकडाउनको अवधिमा ३ सय जना बढीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

अनावश्यक रुपमा बाहिर निस्केका उनीहरुलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताउनुभयो ।
“६-७ दिनको अपरेशनपछि अनावश्यकरुपमा मोटरसाइकल चलाउने, हिंड्डुल गर्ने क्रम रोकिएको छ, ४७ सय बढी चाँबीहरु नियन्त्रणमा लिएका छौं, विशेषगरी साँझपख अनावश्यक रुपमा हिंड्डुल गर्नेहरुलाई म्यान क्याचिंग स्टिकको सहायताले नियन्त्रणमा लिन थालेपछि ‘मुभमेन्ट’ रोकिएको छ,” उहाँले भन्नुभयो ।