२९ चैत्र, बाँके । खजुरा गाउँपालिकामा लकडाउनका कारण मर्कामा परेकालाई गरिएको राहत वितरणमा अनियमिमता भएको छ ।

खजुरा गाउँपालिकाको २ नम्बर वडामा गाउँपालिकाले वास्तविक पिडितलाई भन्दा आफु निकट ब्यक्तिलाई राहत वितरण गरेको आरोप लागेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ निवासी गणेश राइले भने सामाजिक संजालमा पोस्ट गर्दै राहत वितरण पारदर्शी नभएको बताए ।
उनले भनेका छन, ‘गणेश राइ भन्छन, खजुरा गाउँपालिकाले राहत वितरण गयो । धेरै राम्रो काम । तर मेरो छिमेकमा हरेक दिन ज्याला मजदुर गर्नेले राहत पाएनन । राहत लिन गएकालाई खाली हात फर्काइयो । ४ वि गा जमिन भएकोले राहत पाएका छन । तर वास्तविकले पाएनन ।’
वडा नम्बर २ की स्थानीय उमा थापाले राहत वितरणमा गाउँपालिकाका नेताले आफु निकट र नेकपाका निकटलाई प्राथमिकतामा राखेर विरतणर गरेको आरोप लगाइन ।

छानबिन गर्न कांग्रेसको माग
नेपाली कांग्रेस सितापुर गाउँ कार्य समितिले खजुरा गाउँपालिकाको वडा नम्बर २ मा राहत वितरणमा भएको अनियमितता बारे छानबिन गर्न माग गरेको छ । समितिका सह संयोजक राम बहादुर महताराले विज्ञप्ती जारी गर्दै यस्तो विपतका बेला गाउँपालिकाले मानवियता भन्दा ब्यक्तिगत र पार्टीगत स्वार्थलाई हेरेर राहत वितरण गरेको अरोप लगाएका छन । राहत वितरणमा भएको अनियमिमता बारे स्वतन्त्रण पुर्वक छानबिन हुन पर्ने समेत समितिले माग गरेको छ ।
साथै महताराको अध्यक्षतामा अति विपन्न परिवार र असाय, अपाङलाई सहयोग गर्ने उद्देश्य सहित राहत कोष समिति गठन गरेको उनले बताए । समितिले पहिलो चरणमा सरसफाइ र दोस्रो चरणमा खाद्यन्न वितरण गर्नेछ ।
महताराको अध्यक्षतामा शनिबार गठन गरिएको राहत समितिमा बासुदेव रेग्मी, अम्मर बहादुर रावत, अमृता नेपाल, उमा थापा, ओविलाल सेन्चुरी, कोमल सिह ठकुरी, राजकिशोर महतारा, टोप बहादुर भण्डारी, विजय कुमार बुढा, प्रेम बहादुर चौधरी, लिला सिह ठकुरी, रेवन्त खत्री, बम बहादुर चन्द, मुकेश बुढा क्षेत्री, सहदेव सेच्चुरी, टेक राज बगाली रहेको छन ।
