२८ चैत्र, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आज शुक्रबार पनि राहत वितरण गर्ने भएको छ ।

हिजो बिहिवार बेलासपुरका २ सय ६० घरपरिवारलाई पहिलो चरणको राहत वितरण गरिएको छ भने आज कोरियपुरबासी लाई राहत वितरण गने भएको हो । सामाजिक दुरि कायम गरि पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्टम लागु गरि राहत वितरण गर्ने छ ।

वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहायहरुलाई छनोट गरि कुपनको आधारमा राहत वितरण गरिएको वडा नं. १२ का वडा सदस्य तरुण बज्राचार्यले जानकारी दिनुभयो ।

एक घरपरिवारलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल,१ किलो नुन, वितरण गरिएको हो । पहिलो चरणमा छुटेका नागरिकलाई दोश्रो चरणमा लगत संकलन गरि अति विपन्न परिवारलाई पुन राहत वितरण गरिने वडा अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनु भयो ।