समाचार

उच्च अदालत तुल्सीपुर द्वारा कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने निर्णय

२८ चैत्र, बाँके । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले नेपाल सरकारद्धारा स्थापना भएको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।

अदालतका बरिष्ठ न्यायाधीश पवनकुमार शर्मा न्यौपानेको अध्यक्षतामा बुधवार बसेको पूर्ण बैठकबाट अदालतमा कार्यरत न्यायाधीशहरूकाे मासिक तलव स्केलको ७ दिन रा.प द्बितिय तथा तृतिय श्रेणीमा कार्यरत अधिकृतहरुको  तलव स्केलको ५ दिन र रा.प अन श्रेणी एंवम श्रेणी विहिन कर्मचारीहरुले पाउने तलव स्केल ३ दिन वरावरको रकम कट्टी गरी राष्ट्रिय वाणिज्य वैकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गराउने निर्णय गरेको अदालतका सुचना अधिकारी मुन्ना सिंह क्षेत्रीले जानकारी दिए ।

नेपालगंज उच्च अदालतमा हाल वरिष्ठ न्यायाधीश पवनकुमार शर्मा न्यौपाने, हेमराज पन्त, गोकर्ण डांगी, विमल सुवेदी र राजेशकुमार काफ्ले गरि पाँच न्यायाधीश र रजिष्टार, अधिकृत लगायत झण्डै ५५ कर्मचारी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *