२६ चैत्र, नेपालगन्ज । बाँकेमा ४२ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

नमुना परिक्षणका लागि अहिलेसम्म ५४ जनाको ‘थ्रोट स्वाव’ संकलन गरेर पठाइएकोमा ४२ रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
२३ गते २३ जनाको ‘थ्रोट स्वाव’ को नमुना संकलन गरेर भैरहवा पठाइएको थियो । जसमध्ये ११ जनाको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि काठमाण्डौमा गरिएको परिक्षणबाट ३१ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।