२५ चैत्र, नेपालगन्ज । लकडाउनमा ज्याला मजदुरी गर्ने तथा बिपन्न बर्ग भोकभोकै बस्न नपरोस भनेर देशभर नै त्यस्ता बर्गलाई राहत वितरण कार्य जारी रहेको छ।

बाँके जिल्लामा समेत राहत वितरण कार्य भइरहेको छ। राहतकै प्रसङ्गमा नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले मनोमानी ढंगले भन्दा एकद्वार प्रणाली बाट वितरण गर्नुपर्ने कुरा ब्यक्त गरेका छन् ।
राहत वितरणमा फोटो सेसनको लागि भन्दा बढी बिपन्न बर्गलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । साथै उनले लकडाउनको अवधीभर कोहलपुरको वडा नम्बर ८ मा रहेका बिपन्न ५ घरधुरी परिवारलाई खाधान्नको सहयोग गर्ने अध्यक्ष आचार्यले बताए ।