समाचार स्वास्थ्य

कोरोना भाइरसको परिक्षण नेपालगन्जमा शुरु हुने

२५ चैत्र, नेपालगञ्ज । नेपालगञ्जमा अब कोरोना भाइरसको परिक्षण शुरु हुने पक्का भएको छ ।

आज भेरी अस्पतालमा कोरोना भाइरस परिक्षण गर्न पिसिआर मेसिन आएपछि नेपालगञ्जमै परिक्षण हुने पक्का भएको हो । नेपालगञ्ज आइपुगेको मेसिनलाई तत्काल नै जडान गर्ने तयारी गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले बताउनुभयो ।

बुटवलबाट एक जना प्राविधिकलाई मेसिन चलाउन सिकाउनका लागि झिकाइएको छ । राम्रो खालको मेसिन भएकाले एक दिनमा एक सय जना सम्मको नमुना परिक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।

बाँकेमा अहिलेसम्म ३१ जनाको मात्र नमुना परिक्षण भएको छ भने २३ जनाको नमुना परिक्षणका लागि काठमाण्डौ पठाइएको छ । यहाँका क्वारेन्टाइनमा ४ सय २७ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *