समाचार

बैजनाथ गाउँपालिकामा राहत वितरण सुरु

२४ चैत्र, बाँके । बैजनाथ गाउँपालिका वडा नं. ६ ले राहत वितरण शुरु गरेको छ ।

कोभिड १९ बाट प्रभावित ज्यालादारीमा दैनिक गुजारा गर्ने श्रमिकहरुकालागि राहत वितरण सुरु गरिएको हो । वडा स्तरीय कोभिड १९ कोरना रोकथाम समन्वय समितिको सिफारिसमा वडाका २६२ घरदुरीका श्रमिकहरुलाई राहत वितरण गरिएको थियो ।

राहत सामाग्री वितरण गर्दे वडा अध्यक्ष भ्रद बहादुर बस्नेतले अझै छुटेका श्रमिकहरुको तथ्याक लिई थप राहत वितरण गरिने जानकारी गराएका छन् ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष सारदा रेग्मी विकले तत्कालकालागी परिवारको सँख्याको आधारमा १५ देखी ३० केजी चामल, नुन, तेल, दाल र साबुन वितरण गरिएको बताईन् । उनले हाल २ जना परिवारलाई १५ केजी चामल दिएको र २ जना भन्दा माथि रहेका परिवारलाई ३० केजी चामल दिएको जानकारी गराईन् ।

यसै गरी वडा नं. ६ मा वितरण गरिएको राहत सामाग्रीहरुको पालिका स्तरीय कोभिड १९ नियन्त्रण समन्वय समितिले अनुगमन समेत गरेको छ । राहत वितरण बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंज शाही, वडाका जनप्रतिनिधि, वडा स्तरीय कोभिड १९ नियन्त्रण समन्वय समितिका पदाधिकारीहरु लगायत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *