समाचार

बाँके मा रगत संकलन कार्य सुरु

२२ चैत्र, बाँके । अन्तर पार्टी युवा संजाल बाँकेले आज देखि रगत संकलनको काम शुरु गरेको छ ।

लकडाउनको समयमा दुर्घटना, सुत्केरी लगायतका अन्य इमर्जेन्सी बिरामीहरुलाई अत्यावश्यक पर्ने रगतको परिपुर्ति गर्नका लागि केहीदिन अगाडिदेखि सक्रिय भएको अन्तर पार्टी युवा संजाल बाँकेले आज देखि रगत संकलनको काम शुरु गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको रक्त संकलन केन्द्रमा आज पहिलो दिनमा २० जना युवाहरुबाट २० पोइन्ट रगत संकलन गरिएको नेकपाका युवा नेता रत्न खत्रीले जानकारी दिए । उनका अनुसार आजबाट शुरु गरिएको रक्त संकलन गर्ने काम नियमित रुपमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *