समाचार

नेपालमा कोरोना संक्रमित संख्या सात पुग्यो

२१ चैत्र, बाँके । नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् ।

कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ 

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।स्रोत:अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *