समाचार

खजुरा क्वारेन्टाइन बाट आज ६ जना घर फर्किए

खजुरा,बाँके / चैत २०- बाँके को खजुरा गाउँ पालिका को सैनिक मैटवा स्थित क्वारेन्टाइन बाट आज सकुशल ६ जना घर फर्किएका छन ।

घर फर्किएका ३ जना नवलपरासी र ३ जना खजुरा गाउँ पलिका का रहेको जानकारि मा आयको छ । यी ६ जना भारत बाट आएको खुल्न आएको छ ।

विश्व भर घातक रुपले फैलिदै गइरहेको कोरोना भाइरस को संक्रमण बाट नेपाल पनि टाडा रहन सकेन तर नेपाल भित्र भने कसैको मृत्यु नभए पनि जनता लाइ सजक बनाउदै सरकार ले ७५३ वटै स्थानीय तहमा क्वारेन्टाइन को ब्याबस्था गरेको छ ।खजुराको क्वारेन्टाइन मा हाल सम्म ४९ जना रहेका छन ।

खजुराको क्वारेन्टाइन मा बसेका ४९ जनालाइ सुबिधाजन्य ब्याबस्था मिलाउन गाउँ पालिका ले कुनै कसुर बाकी नराखी अगाडि बढी रहेको पालिका का अध्यक्ष किस्मत कुमार कक्षपती ले जानकारी दिनु भएको छ । यसै गरि खजुरा गाउँ पालिका स्वस्थ्य शाखा का सम्योजक पुर्ण बहादुर खड्का र स सम्योजक लक्ष्मी के सि ओलि ले बिरामिको बारेमा बारम्बार सोधपुछ गरि रहेको र क्वारेन्टाइन मा ल्याइएको ब्याक्ती लाई सहज बाताबरण बनि रहेको बताउनु भएको छ ।

पालिकाले ४० जना स्वयंसेवक खटाएको र भारत तथा तेस्रो मुलुक बाट आएको ब्याक्ती को खोजीखोजी क्वारेन्टाइन मा ल्याउनु को साथै चेतनाको बारेमा सहजीकरण गर्दै शंकास्पध ब्यक्ति को खोजी भै रहेको जनाइएको छ ।

खजुरा गाउँ पालिका ले हाल सम्म २ स्थान मा क्वारेन्टाइन स्थापना गरेको छ । पालिका को वाड न १ स्थित मैटवा मा बि मा ३४ जना र क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुरा मा १५ जना लाई राखियको खजुरा स्वस्थ शाखा ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *