२० चैत्र, बाँके । कोहलपुरमा मंगलबार एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीएर भएको दुर्घटनाका घाईतेको उपचारका क्रममा मृत्यु भएको छ ।

यहि मंगलबार कोहलपुर न्यूरोडमा एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीएका थिए । मोटरसाईकलमा सवार शोभा केसी बटालाको दुर्घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाईकल चालक दण्डबिक्रम बिष्ट गम्भीर घाईते भएका थिए ।
विष्टको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा दुई दिनपछि ज्यान गएको हो ।
गत ८ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लगेर नेपालगन्ज जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्कीएका थिए ।