समाचार स्वास्थ्य

मेयर सक्रिय नभएको वडा अध्यक्ष को दाबी

१८ चैत्र, बाँके । कोराना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको कारणले नेपालमा पनि पाँच जना विदेश बाट फर्केर आएका व्यक्तिहरुमा भेटाएको पुष्टी नेपाल सरकारले समेत गरि सकेको कारणले यो महामारी बाट नेपाल भरीका जनता लाई जोगाउनको लागि नेपाल सरकारले लकडाउन गरेको छ।
प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमको मेहनत गरि पैसा कमाएर आआफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु अहिलेको रोजगार बन्द भएकाले उनी हरु बढी प्रभावित भएका छन ।

सो प्रस्थितिका कारण सरकारले विपन्न वर्ग तथा ज्यालादारी गरि खाने वर्गको लागि वडा कार्यालयबाट तथ्यांक संकलन गरि राहत प्याकेज वितरण गर्ने भनी नेपालगन्ज उपमहानगरपालिका नगरकार्यपालिका मिति २०७६ चैत्र १६ गतेको बोर्ड बैठकबाट राहत वितरण निर्णय भएको थियो ।

सो निर्णयको सन्दर्भमा भएको निर्णय कार्यनयनको लागि वडा कार्यालयहरु सक्रिय तयारी भइ रहेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणाले बैठकमा घरधुरीको २० प्रतिशत सम्बन्धि कुनै निर्णय नभएको कुरालाई आफ्नो मनोमानी ढंगले इमेल मार्फत प्रत्येक वडामा जानकारी गराएको पत्र र यस्तो आपतकालीन अवस्थामा गैर जिम्मेवारी भई प्राप्त भएको प्रति खेद प्रकट गर्दै राणाको ब्यक्तिगत पत्र प्रति नेपालगन्ज उपमहानगरपालिका वडा न.२२ का वडा अध्यक्ष विद्याराम वर्माले असहमति जनाएका छन र यथासिघ्र राहत सामाग्री वितरण गर्न समेतको माग गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *