विचार समाचार सामाजिक स्वास्थ्य

पठान द्वारा गरीब परीवारमा खाद्यान्न समाग्री वितरण

हरि अधिकारी
१७ चैत्र, बाँके ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ पुरैनीमा गरिब असहाय मजदूर लगायत बिपन्न परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।
पुरैनी घर भएका समाजवादी पार्टीना केन्द्रिय सदस्य बाबू खाँ पठाले उक्त करिब १५०जनालाई खाद्यान्न समाग्री वितरण गरेका हुन ।

कोराना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको कारणले नेपालमा पनि पाँच जना विदेश बाट फर्केर आएका व्यक्तिहरुमा भेटाएको पुष्टी नेपाल सरकारले समेत गरि सकेको कारणले यो महामारी बाट नेपाल भरीका जनता लाई जोगाउनको लागि नेपाल सरकारले लकडाउन गरेको छ।

प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमको मेहनत गरि पैसा कमाएर आआफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु अहिलेको रोजगार बन्द भएकाले यी गरिब परिवार को घरमा कोई भोकै नरहोस भन्ने भावनाका साथ वितरण गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा न. २२ भित्र पहिलो चरणमा २२, दोस्रोमा ७१ र आज करिब ६० जनालाई र अरु दिन पनि मैले पाँच किलो चामल र अन्य खाद्यान्न सामग्री वितरण गर्ने सदस्य बाबू खाँ पठानले बताउनु भयो ।

यो दुखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन को लागि नेपाल सरकारले दिएको निर्देशनको पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुखमा सदैव उभेका छौ र सके सम्म दुखद घडीमा आफुले सक्ने सहयोग दिइ रहेको उहाँले बताउनुभयो ।

यस्ता दुखद घडीमा गरिब असहाय जनताहरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *