समाचार

बाँके को खजुरा क्वारेन्टाइन मा ५६ जना पुगे

खजुरा,बाँके,चैत १७- बाँके को खजुरा गाउँ पालिका मा ५६ जना लाई क्वारेन्टाइन मा राखिएको खजुरा स्वास्थ शाखाले जनाए को छ ।

खजुरा गाउँ पालिकाले अन्य जिल्ला बाट यस पालिका मा प्रवेश गरेको र भारत तथा तेस्रो मुलुक बाट पालिका भित्र बसोबास को लागि आएकोले तेस्तो ब्याक्ती लाई सोधपुछ गरि क्वारेन्टाइन मा चेक गर्न लगिएको पालिकाकी उपाध्यक्ष एक माया बि क ले जानकारी दिनु भएको छ ।

हाल सम्म पालिकाम दुई ठाँउ मा क्वारेन्टाइन रखियको छ । पालिकाको १ न वाड को सैनिक स्थित मैटवा मा बि मा ४१ जनालाइ र खजुरा स्थित कृषि तालिम केन्द्र मा पातिकाले क्वारेन्टाइन स्थापना गरि १५ जनालाइ उद्दार गरि रहेको र हाल सम्म खजुरा मा ५६ जना लाई क्वारेन्टाइन मा राखिएको खजुरा स्वास्थ्य शाखा का प्रमुख पुर्ण खड्का ले जानकारि दिनु भएको छ । खड्का का अनुसार पालिकामा ४० जना स्वयंसेवक हरु दिनरात खटिएको समेत जान कारी दिनु भयो । हाल सम्म कार्य गर्द कुनै अफ्ट्यारो नभएको र तेस्तो शंका सम्म नभएको तर जनता लाई भोलि कुनै अफ्ट्यारो नपरोस् भन्ने उदेश्य ले गाउपालिकाले निग्रानी समेत गरेको शाखा प्रमुख खड्का बताउनु भएको छ ।

विश्व यतिखेर कोरोना भाइरस को चपेटामा परेको बेला मानव बचाउ अभियान मा स्वस्थ्य संघसंगठन हरु रात दिन खटिएका छन । नेपाल मा कोरोना संक्रमण ले धेरै जना लाई नछोए पनि सन्कास्पद ब्यक्ति लाई सुरक्षात्मक हिसाबले खाना बस्न र सर्सफाइमा स्थानीय सरकार ले हेरि रहेका छन । तर यति खेर को अबस्था जटिल बन्दै गएको ले स्वस्थ्य कर्मिहरुको बारेमा कस्ले ध्यान दिने भन्ने प्रश्न पनि उब्जेको छ । स्थानीय तह लागू भय पश्चात् स्थानीय नेताहरुले आफ्नो क्षेत्र भित्रका जनताको अबस्थामा ध्यानसंग अबलोकन गर्नु को साथै सरसामान पुग नपुग के कस्तो छ भनेर अबलोकन गर्ने ब्याबस्था लाइ प्रथामिकता दिनु पर्ने समय आए को छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *