समाचार

जानकी गाउँपालिकामा २५ शैयाको क्वारेन्टाइन आज शरिबार देखि सुरु

१५ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिकामा २५ शैयाको क्वारेन्टाइन आज शरिबार देखि सुरु भएको छ । हरेक गाउँपालिका भित्र कम्तिमा पनि २५ शैयाको क्वारेन्टाइन हुनु पर्ने व्यवस्था अनुसार आकस्मिक रुपमा आइपर्ने समस्यालाई ध्यान दिदै क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन ।

जानकी गाउँपालिकाको वडा नं. ३ मानपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा उक्त क्वारेन्टाइन संचालन गरिएको छ ।

क्वारेन्टाइन व्यवस्थित रुपमा तयार पारिएको छ । सुत्नका लागि खाट सहितको विस्तरा, झुल, सामाजिक सञ्जाल प्रयोग गर्नका लागि इन्टरनेटको पनि व्यवस्था गरिएको उपाध्यक्ष धितालले जानकारी गराइन ।

उनका अनुसार गाउँपालिका क्षेत्र भित्र छिमेकी मुलुक र अन्य देशबाट आएका व्यक्तिका लागि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएकाले पालिका भित्र त्यस प्रकारको जो कोही व्यक्ति भए पनि तत्काल स्वयम् व्यक्ति, परिवार र समाजका अन्य सदस्यले समेत खबर गर्न आग्रह गरिएको छ ।

नेकपाको जानकी गाउँपालिका कमिटिले पनि हरेक वडा त्यस प्रकारको विदेशबाट नेपाल आएको र संका लागेका व्यक्तिको अभिलेख लिने र क्वारेन्टाइनका लागि सहयोग गर्न सबै वडामा अभियान संचालन गरेको छ ।

क्वारेन्टाइन संचालनका लागि गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटी बाँकेले सहयोग समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *