१४ चैत्र, धनगढी । कोरोना भाइरस कोभिडा १९ को चौथो संक्रमित भेटिएका छन्।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालय अनुसार हाल उनको अवस्था सामान्य रहेको छ भने उनी ३४ वर्षका नेपाली पुरूष हुन्।
उनी दुबईबाट नेपाल आएको भनिए पनि विस्तृत विवरण भने प्राप्त गर्दै गरेको आज दोस्रो पटक मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बताइयो।
ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए उनको अवस्था खतरामुक्त रहेको जनाईएको छ ।यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।