समाचार

खजुराका जनप्रतिनिधि को आकस्मिक बैठक ,जनप्रतिनिधि हरु जनता लाई सहयोग गर्न अगाडि बढदै

खजुरा,बाँके ,चैत १३ – महमारी को रुप फैलिदै गइरहेको कोरोना ले जनजीवन मा नराम्रो प्रभाव भए पश्चात् खजुरा गाउँ पालिका का जन प्रतिनिधि हरु थप जागरूक बन्दै कसरी जनता को सुरक्षा को लागि अगाडि बढने भन्दै आज आकस्मिक बैठक बसेको छ ।

बैठक मा गाउँ पालिकाका प्रमुख किस्मत कुमार कक्षपति ले जनताको जिउधन को सुरक्षा गर्न पालिकाले कुनै कसर बाकी नराखी अगाडि बढन वाड अध्यक्ष सहित सदस्य र स्वास्थ्य कर्मिहरुलाइ निर्देशन दिइएका छन ।क्वारेन्टाइन मा राखिएको बिरामी को बिशेष निग्रानी र सहयोग गर्दै अगाडि बढनु पर्न बैठक ले निर्णय गरेको छ ।

पालिकाको १ न वाड स्थिति मैटहवा मा बि मा संक्रमण परिक्षेण मा राखिएको ४ जनाको उचित ब्याबस्थपन र आवश्यक सहयोग गर्न कुनै कसर बाकी नराख्न समेत बैठक ले निर्णय गरेको छ ।

संकट को घडी मा सबै तह को उपस्थिति भए पनि शान्ति सुरक्षा को लागि नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आएको छ । खजुरा ईलाका प्रहरी चौकी धनौली ले सहयोग गर्दै आएको छ । आवश्यकता अनुसार उपस्थिति भै सहयोग गर्न आतुर छौ इलाका चौकी का प्रमुख पोषण राज थपलिया बताउँछन ।

बैठक मा उप प्रमुख एक माया बि क ,प्रमुख प्रशासकिय अधिकृत बम ब के सि,पलिकाको सल्लाहकार भिम वलि ,स्वास्थ शाखा प्रमुख पुर्ण खडका इलाका प्रहरी चौकी धनौली निरीक्षक पोषण राज थपलिया लगाएत का ब्याक्ती हरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *