समाचार

जनता कर्फ्यु को परिपालन खजुरा बासिले पुर्ण रुपमा गरे

बाँके को खजुरा बजार्को झलक

खजुरा ,बाँके चैत १२ – बिश्वब्यापी रुप्मा फैलिएको कोरोना भाइरस ले यतिखेर बिश्व मानव लाई नै त्रशित बनाए पछि मङगलबार देखि नेपाल मा जनता कर्फ्यु लगाएको छ ।

सरकार ले पुरै देशमा जनताहरु बहिर हिंड् डुल नगरुन र संक्रमण बाट बचुन भन्ने उदेश्य ले मङलबार देखि देश भर कर्फ्यु लगाएको हो ।यसै अन्तर्गत बाँके जिल्लाको खजुरा मा जनताहरु को सहयोग को साथ रहेको डिउटिमा खटिएका प्रहरीले जनाएका छन ।

दिनभर सुनसान रहेको खजुरा बजार बेलुकी पख भने फाटफुट दोकान हरु खुलेको थियो भने जनता हरुले आफुलाइ चाहिने समान किन्ने तर्खर म सामान्य चहलपहल थियो । जे होस जनता ले जोखिम पुर्ण समयमा सुरक्षा को प्रत्याभूत गरिएको देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *