समाचार

चैत्र ४मा कतारबाट आएको जहाज अवतरण पश्चात् बाँकेका चारजना पनि रहेक पुष्टि: खोजी जारी

१२ चैत्र,बाँके । कोरोनाको संक्रमण भएकी १९ वर्षीया किशोरी चढेको जहाजबाट बाँकेका चार जना संगै यात्रा गरेको खुलेको छ ।

त्यही जहाजमा बाँकेका चार जनाले समेत यात्रा गरेको र उनीहरुलाई खोजेर तत्काल क्वारेन्टाइनमा राख्न बाँकेमा पत्र आइपुगेको बताइएको छ ।जिल्ला प्रहरीका प्रबक्ता डिएसपी शिव सिंहका अनुसार चारै जनाको नाम र नागरिकता नम्बर खुलाएर पठाइएको छ । ठेगाना भने खुलाइएको छैन। ठेगाना नखुल्दा अब नागरिकता नम्बरको आधारमा उनीहरुको खोजतलास गर्ने तयारी भएको डिएसपी सिंहले बताए। उनीहरुलाई खोजेर केही दिन क्वारेन्टाइनमा राख्न निर्देशन आए बमोजिम प्रहरी त्यसतर्फ अघि बढेको छ । डिएसपी सिंहले पत्र आएको पुष्टि गर्दै उनीहरुको खोजी गरि केही दिन सुरक्षित ठाउँमा राखिने तैयारी भएको बताए ।

चैत ४ गते दोहाबाट आएका १५८ जना यात्रु लिएर आएको हवाई जहाजमा १२५ जना नेपाली रहेको जनाइएको छ । देशका विभिन्न क्षेत्रका उनीहरुको खोजी गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने तैयारी भइरहेको बताइएको छ ।बाँकेका ४ जनालाई खोजीकार्य जारी रहेको सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *