११ चैत्र, बाँके । कोरोना बिरुद्ध सचतेना अपनाउदै नेपालगन्ज उप–महानगरपालिका वडा नं. १९बाँकेले सुर्जी गाँउमा निःशुल्क मास्क वितरण गरेको छ ।

गाँउमा बालबालिका र आम नागरिकहरुलाई कोरोनाबारे सचेतनामूलक जानकारी दिँदै मास्क वितरण गरिएको हो । विश्वमा स्वास्थ्य समस्याका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन पूर्व तयारीका लागि पाँच सय भन्दा बढी मास्क वितरण गरिएको स्थनीय अशोक कुमार गुप्ताले जानकारी दिए ।