समाचार

भोलि देखि कपिलबस्तुको भारतसँग जोडिएका सीमाना पूर्ण रूपमा बन्द

१० चैत्र, कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि भारतसँग सीमाना जोडिएका कपिलबस्तुका ८ नाकासहित सबै नाका सोमबार देखि जिल्ला प्रशासन कार्यालय कपिलबस्तु्ले पूर्णरूपमा बन्द गरेको छ । विश्वभर महामरीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै ती नाकाहरु बन्द गरिएको हो ।
स्थानिय तह र जिल्ला प्रशासन कार्यालय बिच बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले तत्काल आईसोलेसन बार्ड र क्वारेन्टाई खडा गर्नुपर्ने बताउनु भएको छ । निर्माण नगरे भाइरस शंकास्पद व्यक्तिलाई स्थानिय तहका प्रमुख कै घरमा राख्ने समेत बताउनु भयो । यस अघि जिल्ला प्रशासन कार्यालय ले स्थानिय तहलाई पहिले नै क्वारेन्टनईन र आईसोलेसन निर्माण गर्न निर्देशन दिएको थियो । जिल्ला भित्र कोरोना संक्रमण छिर्न नदिनका लागि आवश्यक तयारी भएको वताईएको छ ।
कोभिड–१९ संक्रमणबाट जोगिनका लागि सबै नाका बन्द गरिएको भए पनि नाकामा अति आवश्यक समस्या र काम परेका बेला कृष्णनगर नाका बाट विशेष स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्था समेत मिलाइएकोे जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । सीमानासँग जोडिएको उत्तर प्रदेश राज्यमा भाइरस संक्रमण हुन सक्ने भएकाले थप सतर्कता अपनाइएको छ । भाइरसको संक्रमणबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने भएकाले मंगलवार देखि अनावश्यक रूपमा हिँडडुल नगर्न तथा घरभित्रै बस्न जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरी जिल्लावासीलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *