समाचार समृद्धि

आज बाट अतिआवश्यकका बाहेकका सबै पसल बन्द हुने

९ चैत्र, बाँके । बाँकेका उद्योग व्यवसाय आज देखि बन्द हुने भएका छन् ।

खाद्यान्न र मेडिकल बाहेक अन्य उद्योग व्यवसाय बन्द गरिने र छिमेकी देश भारतमा कोरोना फैलिने क्रम बढ्दै गएकाले पूर्व सतर्कताका लागि नेपालगन्ज, कोहलपुरका मुख्य बजार बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काको नेतृत्वमा शनिबार बसेको सम्बद्ध सरोकारवालाहरुको बैठकले कोरोना भित्रिन नदिन सबै संयन्त्रणको उपयोग गर्ने निर्णय गरेको छ । बैठकले भारतसँग सीमा जोडिएको नेपालगन्जको जमुनाह नाकाबाहेक अन्य सबै नाका शिल गरेको छ । भोलीसम्म लायन्स डेन्टल अस्पताल नेपालगन्जमा आईसुलेसन स्थापना गर्ने गरी आजैदेखि तयारी सुरु भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *