समाचार

नेपालगन्जमा मजदुरलाई मास्क वितरण

अजय पाठक

७ चैत्र, बाँके । नेपालगन्जको त्रिभुवन चोकमा आज निशुल्क मास्क वितरण गरिएको छ ।

मानव अधिकार बाँके नेपालगन्ज किलिन नेपालगन्ज एन्ड ग्रिन नेपालगन्जको संयुक्त आयोजनामा नेपालगन्जमा मजदुरहरु लाई मास्क वितरण कार्यक्रम गरिएको हो ।

कोरोना भाईरसको संक्रमण बाट काममा दिनभरी खटि रहने गरिब मजदुरलाई जोगाउनको लागि त्रिभुवन चोकमा ५० जना मजदुर लाई मास्क वितरण गरिएको डा. बिनोद कणेलले जानकारी दिनुभयो । उहाँ अनुसार भारत र नेपालका गरीब मजदुर हरु दिनहु काम गर्न नेपालगन्ज आउछन र त्रिभुवन चोक मा भेला हुनेगरेका छन, बाहिर बाट आउने मजदुरहरु नेपालको लागि पनि जोखिमपूर्ण बन्न सक्ने स्थिति रहेको हुनले यसको रोकथामका लागि दुई संस्थाको संयुक्त आर्थीक सहयोग बाट सो कार्यक्रम गरिएको हो । उहाँको जानकारी अनुसार आज चोकमा ५० जना लाई वितरण गरिएको हो भने अरु पनि चोक चोकमा कम्तीमा १००० मास्क वितरण गर्ने उदेश्य रहेको पनि बताउनु भयो ।

नागरिकको स्वास्थ्य र सुरक्षाको व्यवस्थापनको कार्यन्वयनका लागि सरोकारवाला निकायलाई उच्च अदालत नेपालगन्जले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको प्रबक्ता बिश्वजित तिवारी ले जानकारी दिनु भयो । हाई कोर्ट नेपालगज बेन्चले नागरिक लाई निशुल्क मास्क, सेनेटाइजर हैण्ड वासको साथै निशुल्क स्वास्थ्य उपचार परिक्षण समेतको व्यवस्था तत्काल गर्नु भनि अन्तरिम आदेश दिएको छ, यो आदेश र कोभीट19 को संक्रमण बाट जोगाउनको लागि स्थानीय सरकारले पनि सुस्ती नगरी सो प्रक्रिया अपनाउनु पर्ने उहाँको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका गैरसरकारी तथा निजि व्यवसायहरुले पनि यस्तो कार्यक्रमहरु चलाउनु पर्ने र नेपालगन्जमा रहेको भाटभटेनी लाई व्यवस्थापन गर्नु पर्ने र व्यवस्थापन अन्तर्गत सुपरमार्केटमा भिडभाड लाई नियन्त्रण गर्दै मार्केटमा सिमित रुपमा ग्रहकहरु लाई प्रवेश गर्ने प्रक्रिया अपनाउनु पर्ने बैश्य समाज नेपालगन्जका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो ।

सोही चोकका स्थानीय प्रेम बैश्यले कार्यक्रम अन्तर्गत वितरण गरिएको मास्क सिमित मात्रामा भएको हुनले चोकमा भेला भएका सबै मजदुरहरुले माक्स वितरण हुननसकेको हुनले नेपालगन्ज उपमहानगरपालिका नगरपालिकाले पनि त्रासको जोखिमपूर्ण स्थितिमा निशुल्क माक्स र सेन्टिलाइजर उपलब्ध गराउने पहल गर्ने माग गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *