समाचार

रिक्सा चालकले गरे आन्दोलन

६ चैत्र, बाँके । नेपालगन्जमा ट्राफिक प्रहरी ले रिक्सा सवारी यातायात साधनहरुलाई कडाइ गरे पछी रिक्सा चालकहरु बिपि चोकमा आन्दोलन गरेका छन ।

बाँके ट्राफिक प्रहरीले नेपालगन्जमा रिक्सा व्यवस्थापन गर्नका लागि रिक्सा चालकहरुको लाइसेन्स, सवारी लोड र रिक्सा धनीको ब्लुबुक जाँच गर्न थाले पछी चालकहरु आन्दोलन प्रदर्शन गरेका हुन ।

प्रहरीले कडाइका अभियान नै थालेर अटो रिक्साको चेकजाँच गर्न लागेपछी चालकहरु नेपालगन्जमा आन्दोलित भएका छन ।
अटो चालक मुसन कुमार शाहका अनुसार प्रहरीले अनावश्यक दुःख दिने गरेको बताउनुभयो ।
प्रहरीले लाइसेन्स नभएका, यात्रु धेरै बसाएकालाई रु ५ सयदेखि १५ सय रुपैयाँ जरिमाना काट्ने गरेको छ । प्रहरीले चेकजाँच गरेर नियम विपरीत सन्चालन भएका अटोरिक्साहरुलाई दिनभरी नियन्त्रणमा लिएर साँझ मात्र छाड्ने गरेको छ । दिनभरीमा केही कमाई हुने र त्यो पनि प्रहरीले लगिदिने भन्दै अटो रिक्सा चालकहरुले वीपीचोकमा सडक जाम समेत गरे ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले भने प्रहरीले कानुन कार्यान्वयनमा कडाइ गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *