शिक्षा समाचार

युवाहरुको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

५ चैत्र, बाँके । राइजिङ आइडल्स बाँकेको आयोजना र नेपालगंज उपमहानगरपालिका २२ नंं.वडा कार्यालय पुरैनी बाँकेको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा युवाहरुको क्षमता अभिबृद्धि कार्यक्रम गरिएको छ ।

क्षमता अभिबृद्धि तथा सचेतना मूलक कार्यक्रम अन्र्तगत विद्यार्थी तथा युवाहरु संग ट्राफिक नियम बारे अभिमुखिकरण कार्यक्रम श्री आधारभूत विद्यालय पुरैनी वडा नं.२२ मा सम्पन्ना भएको छ ।

कार्यक्रममा १०० जना विद्यार्थी तथा युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरिक्षक ईश्वरी देवकोटा ले गर्नु भएको थियो ।कार्यक्रममा बस चढ्ने तरिका,पैदल यात्रा गर्ने तरिका,साईकल चलाई यात्रा गर्ने तरिका तथा ट्राफिक नियम विपरित काम गरेमा नेपालको कानुन तथा यसका दण्ड जरिवानका बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपालगंज उपमहानगरपालिका २२ नं. वडा कार्यालय पुरैनीका वडा अध्यक्ष विद्याराम बर्मा, श्री आधारभूत विद्यालय पुरैनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार बर्मा,जिल्ला बाल क्लब संजाल बाँकेका अध्यक्ष मेनुका रावत वडा स्तरिय युवा क्लब संजाल १० नंं वडाका अध्यक्ष ऋतिक शाही लगयत यस कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।
राइजिङ आइडल्स बाँकेका अध्यक्ष बिनोद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्ना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *