४ चैत्र, बाँके । नेपालगन्जमा उद्घोषण सीप , लैङ्गक र यौन प्रजनन तथा स्वस्थ्य सम्बन्धि तालिम सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका वडा न. १, १०, २१,१३ का वडा स्तरीय बाल क्लब तथा किशोरी क्लबका बालबालिक हरु लाई तीन दिने उद्घोषण सीप , लैङ्गक र यौन प्रजनन तथा स्वस्थ्य सम्बन्धि तालिम दिइएको हो ।
बालबिवाहाको रोकथामको लागि बालबालिकालाई उनी हरुलाई ह्क, अधिकार सम्बन्धि सचेत गर्ने उदेश्यले स्याक नेपाल, बाँके सो तालिमको आयोजना गरिएको स्याक नेपाल, बाँकेका सुपरभाइजर अकलिम खानले जानकारी दिनुभएको हो ।
उहाँले अनुसार वडा एक बाट धमबोझी वडा स्तरीय किशोरी क्लब, १० बाट वडा स्तरीय किशोरी क्लब, २१ बाट उज्वल किशोरी क्लब, १३ बाट वडा स्तरीय क्लब का २५ भन्दा बढी बालबालिकाहरुको सहभागी रहेको थियो ।