समाचार

बसबाट झर्ने क्रममा एकको मृत्यु

३ चैत्र, दाङ । दाङमा बसबाट झर्ने क्रममा तुलसीपुरमा एक जना महिलाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १४ भोजपुरकी ५५ वर्षीया सुशीला वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। आज बिहान ८:४० बजेतिर तुलसीपुरबाट मलवारतर्फ जाँदै गरेको ना ४ ख ५४६३ नम्बरको बसमा सवार वली झर्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्।

वलीको बिहान ९ बजे उपचारका क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *