राजनीतिक शिक्षा समाचार समृद्धि सामाजिक स्वास्थ्य

नेपाल- भारत सिमानाका नेपालगन्ज ( जमुनाहा) चहलपहल उस्तै

३ चैत्र, बाँके । आइतबार देखि नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गरिएको भन्दै नेपालका कतिपय सञ्चार माध्यम बाट आएको खबरले नेपाली जनतामा भयको त्रास मच्चिएको थियो । तर आइतबार देखि नेपाल- भारत संग जोडीएका नाकाहरु कुनै रुपमा बन्द नभएको वा नाका बन्द गर्ने भन्ने बारेमा औपचारिक जानकारी नअएको भारत सिमा जमुनाहा इन्चार्ज माधव रिजाल, शसस्त्र प्रहरी ४० न. गुल्मको डिएसपी नवराज बोहरा लगायतले जानकारी दिनुभएको छ आइ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै भारतले नेपालसँगका प्रमुख ४ बाहेका सबै नाका बन्द गर्न गरिएको निर्णय आइतबार देखि लागु हुने गरि नेपालका अधिकांस पत्रपत्रिकाहरुले जनाएका थिए। भारतले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा बाहेकका सबै नाका बन्द गरिने समाचार सम्प्रेषण भएता पनि नेपालगन्ज नाकाको चहलपहल उस्तै छ । नाका बाट दैनिक झै आवतजावत रहेको छ ।

भारत सिमा बल शस्त्र ( रुपैडिहा) कार्यालयको अनुसार सिमा नाका बन्द भन्ने विषयमा सिमा सुरक्षा लाई कुनै पनि प्रमुख कार्यालय बाट जानकारी नआएको जनाएको हो । कार्यालय अनुसार भारत तर्फ कोरोना बाट जोगिन लागि भारतले हेल्थ डेस्कको वेवस्था मिलाएको छ जस्मा नेपाल बाट आउने सबै यात्रीहरुलाई जोखिम बाट बच्न सजकता दिइरहेको छ ।

आवतजावत गर्ने यात्रीहरु, समान ढुवानी गर्ने, रोजगारीका लागि भारत र नेपालबाट आवतजावत गर्नेहरु सो सूचनाबाट बढी प्रभावित भएका छन । त्यसैले यस्तो कुनै पनि सुचना सम्प्रेषण नगरिदिन जमुनाहा इन्चार्ज माधव रिजालले आग्रह समेत गर्नु भएको हो । आइतबार मात्र नेपाल का ३ र भारत का ३ जिल्ला का सुरक्ष। निकाय हरुको बैठक बसेको जानकारी मा आयको छ ।

बैठक मा कसरी कोरोना भाइरस सङ सुरक्षित रहन सकिन्छ भन्ने विशेष छल्फल भएको जानकारी मा आएको सुरक्ष। अधिकारी ले बताएका छन । बैठकद्वारा जनताका लागि सरलीकरण गर्न र त्रसित अवस्थादेखि टाढा रहन समेत अनुरोध गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *