समाचार

शपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न

२ चैत्र, बाँके । केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति केन्द्रीय कार्यालयको आयोजनमा शपथ ग्रहण समारोह, साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगञ्जको नयाँ कार्यसमितिमा पुनः गुलाम हुसेन हल्वाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका नवनिर्वाचित कार्यसमिति बरिष्ठ उपाध्यक्षमा मो. ईशाहक सिद्दिकी, उपाध्यक्षमा जलिल राई, महासचिव साविर अली शेष, सचिव राहिल कंगरिया, कोषाध्यक्ष शम्शेर राई सहकोषाध्यक्ष बाबु हल्वाई निर्वाचित भएका छन् ।यसैगरी सदस्यहरुमा नसिम राई, अख्तर राई, ईसराईल सिद्दिकी, आजाद हुसेन सिद्दिकी चयन भएका छन् ।

सो समितिको संरक्षकमा मुन्ना मन्सुरी र अलीहुसेन राई रहेका छन् ।नव निर्वाचित सम्पुर्ण पदाधिकारीलाई सम्मान तथा सपथ ग्रहण कार्यक्रम नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्द्ल बाहिद मन्सुरीको उपस्थितिमा समुदायका अगुवाको सहभागितामा सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *