समाचार

नेपालीहरुलाई भारत आवतजावतमा कुनै समस्या नपर्ने

१ चैत्र, बाँके । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारत प्रवेशमा लगाइएको कडाईका कारण नेपालीहरुको भारत आवतजावतमा कुनै समस्या नपर्ने भएको छ ।
नेपालस्थित भारतीय दूतावासले बिहीबार विज्ञप्ती जारी गरेर नेपाली नागरिकहरुका लागि विद्यमान भ्रमण व्यवस्थामा कुनै परिवर्तन नहुने बताएको हो ।
‘अहिले लिइएका कदमहरु नितान्त सार्वजनिक स्वास्थ्य र सुरक्षा व्यवस्थाको उद्देश्यले गरिएको हो । यी कदमले नेपाली नागरिकहरुको हवाई तथा स्थल मार्गबाट गर्ने नियमित भारत भ्रमणमा कुनै प्रभाव पार्ने छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्को शब्दमा भन्दा नेपाली नागरिकहरुका लागि विद्यमान भ्रमण व्यवस्थामा कुनै परिवर्तन हुनेछैन ।
तर, सबै प्रवेश बिन्दूहरुमा भारतीय, नेपाली वा तेस्रो मुुलुकबाट आउने यात्रुहरुको सघन स्वास्थ्य जाँच गरिनेछ र कोरोना फैलिएका देशबाट आएको वा हालै ती ठाउँको भ्रमण गरेको भए वा कुनै लक्षण देखिएमा आवश्यकताअनुसार क्वारेन्टाइनमा राख्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *